सरकारको नीति तथा कार्यक्रमः आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षा अध्ययनको अवसर

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८०, शुक्रबार

नेपालगन्जः सरकारले आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर दिने नीति ल्याएको छ।

शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गर्नुभएको छ । आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षामा अध्ययनको अवसर दिइने नीति तथा कार्यक्रममा भनिएको छ।

यस्तै सरकारले आधारभूत अस्पतालहरूमा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्स, ल्याबलगायतका प्राविधिक जनशक्ति, प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण तथा सामाग्री, एक्सरे, अल्ट्रासाउण्ड, इको¸ इसिजी लगायतका डाइग्नोष्‍टिक उपकरण, अक्सिजन सुविधासहितको एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गर्ने घोषणा गरेको छ।

 

  • ५ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech