काठमाडौं: सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गर्ने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०\८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।
यस्तै आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइने समेत जनाईएको छ । औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्रीहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तिय र अन्य सुविधा तथा सहुलियत उपलब्ध गराइने सरकारको नीति रहेको छ।