नेपालगन्ज: नेपाल निजामती कर्मचारी संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष नवीन कुमार पाण्डेले संगठन त्याग्नु भएको छ । नेपाल निजामती कर्मचारी संगठन नेकपा एमाले निकट हो ।
भेरी अस्पताल नेपालगन्जका लेखापाल पाण्डेले अब कुनै पनि राजनीतिक दलका संगठनमा आवद्ध नहुने गरि संगठन त्यागेको स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । निजामती कर्मचारी संगठनहरु पार्टीको झोले बन्दा कर्मचारीको हकअधिकार स्थापित हुन नसक्ने निष्कर्षसहित आफु अलग भएको पनि उहाँको भनाइ छ ।
उहाँले स्वतन्त्र भएर कर्माचारीहरुको हकहितमा आफुले लड्ने बताउनुभयो । `निजामती कर्मचारी संगठनहरु निजामती कर्मकारीको हकहित भन्दा पनि आ-आफ्नो स्वार्थमा बढि केन्द्रीत भएको पाइयो उहाँले भन्नुभयो-`चाहे त्यो काँग्रेसको होस् चाहे एमालेको । अथवा माओवादीको नै किन नहोस् । पार्टीका संगठनमा बसेर समग्र कर्मचारीको हकअधिकार सुनिश्चित गर्न सकिदैन त्यसैले स्वतन्त्र हुने निधो गरे ।´
अब आफु कुनै पनि दलको झण्डा मुनिको कर्मचारी संगठनमा नबस्ने र विशुद्ध कर्मचारीका हकहितको लागि आवाज बुलन्द गर्न स्वतन्त्र निजामती कर्मचारी संगठन निर्माणमा जुट्ने बताउनुभयो ।