स्थापना दिवसमा सिकलसेल विज्ञ डा.पाण्डे सम्मानित

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०८०, सोमबार

कोहलपुरः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा.राजन पाण्डे सम्मानित हुनुभएको छ । कोहलपुर नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा डा पाण्डेलाई सम्मानित गरेको हो ।

सिकलसेल एनिमिया तथा थालेसमिया रोगको पहिचान, उपचार र व्यवस्थापनमा डा.पाण्डेको भूमिका उच्च रहेको कोहलपुर नगरपालिकाले उल्लेख गरेको छ । थारु समुदायमा सिकलसेल एनिमिया र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहँदै आएको छ ।

थारु समुदायको बाक्लो बसोबास रहेको कोहलपुरमा हालसम्म परीक्षण गरिएका मध्ये १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएको छ । अहिलेसम्म ९५ जना सिकलसेलका रोगी फेला परेका छन् ।

सिकलसेल बाहकको संख्या एक हजार भन्दामाथि रहेको ल्याव प्रमुख शिव गौतलले जानकारी दिनुभयो ।

  • २५ बैशाख २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech