निजी अस्पतालका मेडिकल अफिसरको न्यूनतम तलब कति ? परामर्श शुल्क कतिसम्म लिन पाउने ?

    • स्वास्थ्य पेज

  • २० बैशाख २०८०, बुधबार

नेपालगन्जः नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ। संघ र अफिनको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार तोकेको हो।

संघ र अफिनले जारी गरेको संयुक्त विज्ञप्तिमा निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुऱ्याउने मेडिकल अफिसर ९हाउस अफिसर० हरुको पारिश्रमिकको हकमा न्यूनतम रु ४८ हजार ७३७ कायम गर्ने गराउने निर्णय गरिएको उल्लेख छ । साथै जेठ १ गतेदेखि लागू गर्ने निर्णय गरिएकोले सो कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई अनुरोध गरेको छ।

संघ र अफिनको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ। बैठकले ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका छन्।

संघ र अफिनले जारी गरेको संयुक्त विज्ञप्ति यस्तो छ,

 

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech