नेपालगन्ज: कार्यबाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा आधाभन्दा बढी आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था रहनु बिडम्बनापूर्ण रहेको उल्लेख गर्नु भएको छ ।
त्यसलाई अन्त्य गर्न स्थानीय जडिबुटी एवम् स्रोतसाधनहरुको अधिकतम प्रयोग हुने गरी लगानी र उत्पादनमा वृद्धि गर्न जरुरी रहेकोमा उनले जोड दिनुभयो।
काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई आइतबार सम्बोधन गर्दै कार्यबाहक राष्ट्रपति यादवले देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने औंल्याउनुभयो।
आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवम् कार्यक्रम तर्जुमा गर्न र स्वास्थ्य बीमामा आयुर्वेद सेवालाई समावेश गर्ने कार्यमा लाग्न पनि सम्वद्ध सबै पक्षलाई उहाँले आग्रह गर्नु भएको छ।