थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १० बैशाख २०८०, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्‍ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

 

 

  • १० बैशाख २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech