आजदेखि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने, बाँकेमा स्थगित

    • स्वास्थ्य पेज

  • ६ बैशाख २०८०, बुधबार

नेपालगन्जः आजदेखि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ। तर बाँकेमा भने भिटामिन ए क्याप्सुल गुणस्तरहीन भएको भन्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले अभियान स्थगित गरेको छ ।

सरकारले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech