एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०८०, मंगलवार

नेपालगन्ज: पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

 हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech