नेपालगन्ज: भेरी अस्पतालले बिरामीको चापले गर्दा अप्रेसनका लागि महिनौं कुर्नुपर्ने अवस्था रहेको बताएको छ । अस्पतालले आफ्नो आधिकारिक फेसबुक पेजमा सिमित स्रोत साधनका बीच पनि बिरामीलाई सेवा प्रवाह गरिरहेको जनाएको छ ।
`हाल अस्पतालमा शल्यक्रियाकै लागि भनेर ५ वटा मात्र टेवलहरु छन् । पाँचवटै टेवल मध्य २ अथवा ३ वटा टेवल प्रसुति सेवामा प्रयोग हुने गरेको छ अस्पताल अगाडि लेख्छ-`अन्य टेवलमा जनरल सर्जरी, हार्डजोर्नी , नशा, मुत्ररोग, नाक कान घाँटी रोगका विरामीको शल्यक्रिया हुन्छ । दैनिक ७०० को हाराहारीमा बिरामीको चापले गर्दा अप्रेशनमा पालो महिनौ लाग्नु स्वभाविक हो । तैपनि सरदर १ महिनामा ४५० वटा अप्रेशन हुने गरेको छ ।´
यस्तो छ अस्पतालद्वारा जारी सन्देश
– ३५ वर्षीय पुरुष, जो छारे रोगले छोप्दा तातोको कराईमा लड्न पुगे अनि मुख र घाँटीमा (सम्पूर्ण ज्यानको करीब १६% भाग) जलेर भेरी अस्पताल आइपुगे ।
– श्वासप्रश्वाको बाटोको सम्भाव्य अवरोध, अधिक दुःखाइ र संक्रमणकाे जोखिमले यस्तो जलन निकै चुनौतिपूर्ण मानिन्छ ।
– अस्पतालले सबै जोखिमको जानकारी गराउँदै ICU मा राखेर उपचार सुरु गर्यो ।
– घॉटीको पुरा भाग जलेको कारण ले धेरै नै सुन्निएको र सामान्य श्वासप्रस्वास पनि बन्द हुने अवस्था आएको र सास नली खुम्चिएको(Bronchospam) कारणले कुनैपनि intervention गर्न बिरामीको स्वास्थ्यमा हुने जोखिम र त्यपछि आइपर्ने सामाजिक criticism र नारावाजी/तोडफोड झेल्नुपर्ने जोखिमका बाबजुद बिरामीपक्षको अनुमतिमा स्वास प्रस्वास सुचारु राख्न घाँटीमा प्वाल पार्ने अपरेशन (Tracheostomy) पारेर श्वासप्रश्वास सुचारु गरियो ।
– तातो तेल र बाफको कारणले फोक्सोमा परेको असरले हुने समस्या/निमोनिया(ARDS) को लागि कयौं दिन सम्म भेन्टिलेटरमा राखि उपचार, विभिन्न विभागको अनवरत मिहिनेत र समर्पित नर्सिङ सेवाले करीब ६० दिनको ICU बसाइ पछि हामीले वहाँलाई बचाउन सफल भयौं । उहाँलाई हिजै मात्र जनरल वार्डमा Step Down गरियो ।
– साधारणतया उच्च जोखिम युक्त यस्ता जलेका बिरामीहरू अन्यत्र रिफर हुने गर्थे । तर अन्त जान न उहाँहरुसँग पैसा नै थियो न अन्य उपाय ।
– असाह्य बिरामीलाई नेपाल सरकारले उपलब्ध गराउने विपन्न उपचार कोष मार्फत पाउने सबै एक लाखको सुविधा उहाँको उपचारमा खर्च गरियो ।
– उहाँको रोजगारदाता र गाउँका सहृदयीले पनि सक्दो सहयोग गर्नुभयो ।
– नपुग औषधीहरु अस्पतालको स्टोरबाट निकाशा गरेरै भए पनि उहाँको उपचारमा कुनै कमी हुन दिइएन ।
– ICU बसाइको चार्ज, अक्सिजन र अन्य खर्च वापतको रु ८४००० हजार बराबरको शुल्क पनि अस्पतालले मिनाहा गर्नु बाहेक अरु कुनै उपाय थिएन । गरियो ।
– हामीले एक गरीब नेपालीको ज्यान जोगाउन सफल भएका छौं ।
यो सँगै अस्पतालको बारेमा बेलाबेलामा उठ्ने केहि सवालहरूमा हामी थप स्पष्ट पार्न चाहन्छौं ।
अस्पतालमा बेड किन पाइन्न ?
– प्याक भएर । अस्पतालको इमर्जेन्सी, वार्ड !वा आइसियूमा बेड उपलब्ध भएसम्म हामीलाई बिरामी भर्न गर्न कसैले सिफारिस गर्न पर्दैन । यी सब जनताकै निम्ति हुन । तर सबै भरिभराउ हुन्छन् त कसरी बिरामी लिने ?
– यदि बिरामीले सक्छ भने अन्य विकल्प प्रयास गर्नुहोस् भन्नु के गलत हो ?
– तत्काल भर्ना गर्न नसके पनि कुनै उपाय नभएका बिरामीहरू केहि घन्टा/दिन इमर्जेन्सीमै राखेर भए पनि बेड खाली भएपछि वहँहरूलाई ‘एडजस्ट’ गर्ने गरिएको छ ।
शैया बढाउनु पर्यो नि त ?
– यो हामीले चाहेर मात्र नहुने रहेछ । हालसम्म भेरी अस्पताल नेपाल सरकारको स्विकृत १०० शैया र अस्पताल बिकास समितिबाट थप ५० गरेर जम्मा १५० शैया क्षमतमा संचालित छ । तर पनि बिरामीको चाप र मागले गर्दा भौतिक गणना गर्दा १६२ बेड क्षमतामा संचालित छ ।
– सरकारले ५०० बेड क्षमतामा स्तरोन्नती गर्न शैद्धान्तिक निर्णय गरिसके पनि न जनशक्ति स्विकृत भएको छ, न भौतिक पूर्वाधार तयार भैसकेको छ, न बिरामीको चाप र गर्नुपर्ने निशुल्कको अनुपातमा बजेट नै व्यवस्था हुन सकेको छ ।
– निर्माण सम्पन्न हुन लागिसकेको देखिने चार तल्ले भवन ठेकेदार र निर्माणको व्यवस्थापन गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगंज कार्यालयबाट हस्तान्तर भैसकेको छैन ।
अपरेसनको पालो आउन किन महिनौ लाग्छ त ?
– हाल अस्पतालमा शल्यक्रियाकै लागि भनेर ५ वटा मात्र टेवलहरु छन् । पाँचवटै टेवल मध्य २ अथवा ३ वटा टेवल प्रसुति सेवामा प्रयोग हुने गरेको छ । अन्य टेवलमा जनरल सर्जरी, हार्डजोर्नी , नशा, मुत्ररोग, नाक कान घाँटी रोगका विरामीको शल्यक्रिया हुन्छ । दैनिक ७०० को हाराहारीमा बिरामीको चापले गर्दा अप्रेशनमा पालो महिनौ लाग्नु स्वभाविक हो । तैपनि सरदर १ महिनामा ४५० वटा अप्रेशन हुने गरेको छ ।