दोस्रो लहरपछि पहिलोपटक भेरीमा कोभिड संक्रमित गर्भवतीको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १ बैशाख २०८०, शुक्रबार

भेरी अस्पताल नेपालगन्जमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ ।

एन्टिजेन विधिबाट कोभिड परिक्षण गर्दा कोभिड पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरबाट भेरी अस्पतालमा रेफर भएर आएकी महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको उपचारमा संलग्न भेरी अस्पताल नेपालगन्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीले जानकारी दिनुभयो । उहाँको अवस्था जटिल थियो ।

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका ४ दाङकी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । २ दिन देखि व्यथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल घुम्दा ढिला भईसकेको रैछ, भेरी अस्पतालमा उहाँ आईपुग्दा र शल्यक्रिया सुरु गर्दा निकै ढिला भईसकेका कारण बच्चाको टाउको धेरै समय सम्म अड्किएको डा.सुवेदीले जानकारी दिनुभयो ।

यो अवस्थालाई मेडिकल भाषामा Obstructed Labour भनिन्छ । अहिले आमा र नवजात शिशुको अवस्था समान्य छ । जटिल अवस्थामा रहेकी महिलालाई अस्पतालका स्त्री रोग विशेषज्ञ डा सुवेदी, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, धुर्व वर्मा नर्सिङ्ग स्टाफ शिवानी श्रेष्ठ लगायतको टोलीले शल्यक्रिया गरेको थियो ।

यसअघि अस्पतालमा कोरोना संक्रमणको दोस्रो लहरका बेला संक्रमित गर्भवतिको शल्यक्रिया गरिएको थियो । त्यसयता संक्रमण दर निरन्तर ओरालो लागेपछि संक्रमितको शल्यक्रिया भएको थिएन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले बिरामीले कुनै पनि बाहानमा दुख पाउन नहुने भन्दै अस्पतालमा संक्रमित महिला रेफर भएर गम्भीर अवस्थामा आएपछि तत्काल शल्यक्रिया गरिएको बताउनुभयो । उहाँका अनुसार आमा र बच्चालाई अस्पतालमै आइसोलेसनको व्यवस्था गरेर राखिएको छ ।

 

  • १ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech