नेपालगन्ज: बर्दिया अस्पतालका वरिष्ठ कन्सल्टेण्ट मेडिकल जर्नलिस्ट सुपरिटेन्डेन्ट डा सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनु भएको छ।
संविधान दिवसको अवसरमा सरकारले विभूषणको घोषणा गरेको थियो । आज रास्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच रास्ट्रपति रामचन्द्र पौडेलले डा पाण्डेलाई उक्त पदकबाट विभूषित गर्नु भएको हो ।
डा पाण्डेको नेतृत्वमा बर्दिया अस्पतालले प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । डा पाण्डे कुशल प्रशासकका रुपमा पनि चिनिनुहुन्छ ।