नेपालगन्जः विनयतारा क्यान्सर अस्पतालमा कार्यरत डा रुविना सुवाल पुरस्कृत हुनु भएको छ । हेड एन्ड नेक सर्जिकल अंकोलोजिस्ट डा सुवाल अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीद्वारा इन्टरनेशनल इनोभेसन ग्रान्टबाट पुरस्कृत हुुनुभएको हो ।
उहाँले ‘मुखको क्यान्सर समयमै पत्ता लगाउन समुदायमा आधारित जाँच पड्तालको महत्व’ शिर्षकमा गरेको अनुसन्धानका लागि उक्त पुरस्कार दिइएको हो।
डा सुवालको अनुसन्धान मुखको क्यान्सरबाट हुने प्रभाव र मृत्युका विषयमा केन्द्रीत छ। समुदायमा आधारित जाँच/पड्तालको महत्वको बारेमा उहाँले उक्त अनुसन्धान गर्नुभएको थियो ।