नेपालगन्जमा कोभिड संक्रमण बढ्न थाल्यो, आज एकैदिन ७ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७९, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: नेपालगन्जको जमुनाह नाकामा आज ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६१ जनाको एन्टिजेन परिक्षणमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमणपुष्टि भएका मध्ये ४ जना पुरुष र ३ जना महिला रहेका छन् । संक्रमण देखिएकाहरु दैलेखबाट भारतको दिल्ली भ्रमण गएका विद्यार्थीहरु रहेको बुझिएको छ ।

जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा शंकास्प हरुलाइ कोभिड १९ जाँच गर्दा केही दिन देखि संक्रमण देखिदै गएको छ ।

सामन्यतया यो महिनामा फाट्टफुट्ट संक्रमित भेटिने क्रम बढेको छ । आज ७ जना सहित यो महिनामा १७ जनामा संक्रमण देखिएको छ ।

आज संक्रमण देखिएकाहरुमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको फोकल पर्सन वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरि आइसोलेट गरि घर पठाइएको छ । कोभिड देखिन थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न उहाँले आग्रह गर्नु भएको छ ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech