मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७९, शुक्रबार

नेपालगन्ज: बिशव दृष्टि बिशेषज्ञ दिवसको अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ ।

दिवसको अवसरमा नेपाल दृष्टि बिशेषज्ञ संघ लुम्बिनी प्रदेशको नेतृत्वमा आयोजना गरिएको निःशुल्क शिविरमार्फत मानव सेवा आश्रम नेपालगञ्जमा रहेका सबैको आँखा जाँच गरिएको हो ।

शिविरमा आँखा जाँचसंगै चश्माको आवश्यकता भएका र औषधीको आवश्यकता भएकाले सो सामान पनि बितरण गरिएको छ ।

शिविरमार्फत ५१ जनाको आँखा जाँच गरिएको सहकार्य गरेको आर एल आई हेल्थ एण्ड अप्टिकल सेन्टर चौलिक्काका प्रमुख दृष्टि बिशेषज्ञ तिलक साहले जानकारी दिनुभयो ।

शिविरमा जाँच गरिएकामध्ये ८ जनालाई चश्माको आवश्यकता भएको देखिएको छ भने ३ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

कार्यक्रममा बागेश्वरी अप्टिकल्स, फत्तेबाल आँखा अस्पताल, कोहलपुर नेत्रालय, र ओम आई केयर अप्टिकल्सले सहकार्य गरेका थिए । यसका साथै शिविरमा नेपालगञ्ज कोहलपुर र बर्दियाका दृष्टि बिशेषज्ञहरुको सहभागिता रहेको थियो ।

यो वर्षको नारा अप्टोमेटरीको भूमिका बिस्तारको समय अहिले हो रहेको थियो । प्रत्येक वर्ष मार्च २३ मा बिश्व भरी दृष्टि बिशेषज्ञ दिवस मनाउने गरिन्छ ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech