नेपालगन्जः धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा डाक्टर, नर्ससहित स्वास्थ्यकर्मीको माग गरेको छ।
अस्पतालले १४ जना डाक्टर, ३५ जना नर्स र अन्य स्वास्थ्यकर्मी लागि आवेदन माग गरेको हो।
अस्पतालले एनेस्थेसिया सहायक ५ जना, हेल्थ असिस्टेन्ट ५ जना, फार्मेसी सहायक ४ जना, रेडियोग्राफर ३ जना, ल्याब टेक्निसियन र बायोमेडिकल टेक्निसियन १/१ जना, अनमी २ जना र अबेह १ जना माग गरेको छ।