खोप लगाउन छुटेकाको पहिचान गरिँदै

    • रामचन्द्र पोख्रेल

  • ६ चैत्र २०७९, सोमबार

नेपालगन्जः बाँकेको डुडुवा गाउँपालिकामा पुर्ण खोप सुनिश्चितताका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ । यही चैत्रमसान्तसम्म पालिका अन्र्तगत सम्पुर्ण घरधुरी सर्भेक्षण गरि खोप लगाउन छुटेका बालबालिकाहरुको संख्या पहिचान गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने र पहिचानबाट छुटेका बालबालिकाहरुको संख्या पत्ता लागेपछि सबैलाई खोप लगाउने कार्ययोजना तयार पारिएको हो ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित पुर्ण खोप सुनिश्चितता र दिगोपना सम्वन्धी पालिकास्तरिय योजना तर्जुमा गोष्ठीमा उक्त योेजना तयार गरिएको स्वास्थ्य शाखा प्रमुख निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका पुर्ण खोप घोषणा भएपनि प्रत्येक वर्ष खोप लगाउन छुटने गरेका बालबालिकाहरुको पहिचान गरि सबैलाई खोप लगाएपछि मात्र सुनिश्चिता गर्ने प्रक्रिया रहेको छ ।

कार्यक्रममा वडाध्यक्षहरु मोहनराम मिश्र, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य चौकी इन्चार्ज, तथा फोकलपर्सन लगायतको सहभागिता रहेको थियो ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech