अविशिखालाई दुई मतले पराजित गर्दै आनन्द कुमार विजयी

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७९, सोमबार

नेपालगन्जः महाराजगञ्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। आइतबार राती सकिएको मतपरिणाम अनुसार अध्यक्ष पदमा जम्मा दुई मतको मात्र अन्तर भएको छ।

अनेरास्ववियुका उम्मेदवार आनन्द कुमार सिंहको ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत आएको छ। दुई मतको फरकले आनन्दले जित हासिल गर्नुभएको हो ।

सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपानेले ६३८ मत ल्याएर जित हासिल गर्नुभएको छ । नेविसंघका पारस खड्काले ५२९ मत ल्याउनुभयो । कोषाध्यक्षमा अनिलकुमार साहले ६२९ मत ल्याएर जित हासिल गर्नुभएको छ भने सुमन वलीले ५३३ मत ल्याउनुभयो ।

सदस्यहरुमा अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९, वीरेन्द्र कुँवर ६६१, सोमराज गिरी ६१९, युवराज पौडेल ६२८, अनुप सुवेदी ६६३, रितेशकुमार साह ५७९ र अशोक साहले ५७९ मत ल्याएर जित हासिल गर्नुभएको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ ११८१ मत खसेको थियो। जसमध्ये ११७९ मत सदर र २ मत बदर भएको थियो। समानुपातिकतर्फ अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech