वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा तारा मानन्धरलाई एक लाख रुपैयाँ सहितको अवार्ड

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७९, आईतवार

नेपालगन्जः वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा तारा मानन्धरलाई एक लाख रुपैयाँ सहितको अवार्ड प्रदान गरिएको छ।

नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ ‍औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा मानन्धरलाई वेष्ट डाक्टर अवार्ड प्रदान गरिएको हो।

संघले सज्जन श्याम ट्रष्टसँग गरेको सम्झौता अनुसार छनोट समितिको सिफारिसका आधारमा डा मानन्धारलाई अवार्ड प्रदान गरेको हो।

अवार्ड छनोट समितिको निर्णय अनुसार डा महर्जनले क्यान्सर उपचारको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।

डा मानन्धर नेपालकै पहिलो अन्को रेडियोलोजिष्ट हुनुहुन्छ। २०३५ सालमै क्यान्सरमा विशेषज्ञता हासिल गर्नुभएकी उहाँ सरकारी सेवामा लामो समय काम गरेर अवकाश पाउनुभएको थियो ।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech