डा भोला रिजाललाई रुपा चिकित्सा सेवा अवार्ड

    • स्वास्थ्य पेज

  • २१ फाल्गुन २०७९, आईतवार

नेपालगन्जः वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाललाई रुपा चिकित्सा सेवा अवार्ड प्रदान गरिएको छ। नेपाल चिकित्सक संघले विराटनगरमा आयोजना गरेको २९ ‍औं अल नेपाल मेडिकल कन्फ्रेन्समा डा रिजाललाई एक लाख रुपैयाँ सहितको उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड छनोट समितिको निर्णय अनुसार डा रिजालले नेपालको चिकित्सा क्षेत्र विशेषगरी निसन्तान दम्पतिको उपचारमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। अवार्डले आफूलाई थप हौसला प्रदान गरेको डा रिजालले जानकारी दिनुभयो।

संघले रुपा फाउन्डेसनसँग गरेको सम्झौता अनुसार यस वर्ष डा रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो। रुपा चिकित्सा सेवा अवार्ड प्रत्येक वर्ष नेपाल चिकित्सक संघको स्थापना भएको दिन फागुन २० गते प्रदान गरिनेछ। यस वर्ष भने संघको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्सको सुरुको दिन फागुन १८ गते उक्त अवार्ड प्रदान गरिएको छ।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech