पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल

    • स्वास्थ्य पेज

  • ७ फाल्गुन २०७९, आईतवार

नेपालगन्जः वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन पर्याप्त समय हो ।

तर, मान्छेमा भने औषधि परीक्षण गरिएको छैन । मान्छेमा परीक्षण गर्नुअघि धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । परीक्षण सफल भए पुरुषहरूले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि चक्की सेवन गर्नुपर्ने हुन्छ । मुसामा गरिएको परीक्षणमा यो औषधिले तीन घण्टासम्म पूर्ण रूपमा काम गरेको पाइएको छ ।

औषधिले सम्भोगका क्रममा र सम्भोगपछि तीन घण्टासम्म शुक्रकीटलाई गतिहीन बनाएर काम गरेको पाइएको वैज्ञानिकहरू बताउँछन् । २४ घण्टापछि भने औषधिले पूर्ण रूपमा काम गर्न छाडेको देखिएको छ ।

वैज्ञानिहरूका अनुसार यस चक्कीमा कुनै प्रकारको हर्मोनको प्रयोग गरिएको हुँदैन । यसले शुक्रकीटको चाललाई रोक्ने काम मात्र गर्छ । यसको प्रयोगबाट कुनै पनि प्रकारको असर नपर्ने वैज्ञानिहरूको दाबी छ ।

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित शोधपत्रअनुसार अनुसार मानिसमा परीक्षण सफल भएमा पुरुषहरूले यो औषधि सजिलै प्रयोग गर्न सक्नेछन् । तर, यो औषधिले यौनरोग सर्नबाट भने जोगाउँदैन ।

बीबीसीबाट ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech