उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन

    • स्वास्थ्य पेज

  • २९ माघ २०७९, आईतवार

नेपालगन्जः चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका छन् । वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

अहिले वीर अस्पताल बाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ । टाढा टाढाबाट उपचारका लागि बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका हुन् । राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ । गंगालाल अस्पतालले आन्दोलनको अवज्ञा गर्दै बिरामीहरूलाई निरन्तर सेवा दिइरहेको छ ।

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech