राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताउनुभएको हो ।
‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।
चिकित्सक सर्जरी सकेर फर्किंदै हुनुहुन्थ्यो। राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।