नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि देखिएको छ ।
योसंगै जिल्लाका ६ वटा पालिकामा दादुरा फैलिएको छ ।बैजनाथ र जानकी गाउँपालिकामा मात्र देखिएको छैन ।
आज राप्तिसोनारी गाउँपालिका वडा नं २ मा १५ महिनाको बालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा अब बिरामी भएकाकाे संख्या ३०१ पुगेको छ । दादुरा संक्रमित अधिकांश बालबालिका निको भएका छ्न् । पुष दोस्रो साता देखि सुरु भएको दादुराको महामारीबाट बाँकेमा एकजना बालकले ज्यान गुमाएका छन् ।
महामारी प्रभावित पालिकाहरुमा दादुरा-रुबेला खोप अभियानलाई तीब्रता दिइएको छ । जस्का कारण दादुरा नियन्त्रणमा पनि आइरहेको छ ।