अखिल नेपाल प्रगतिशील चिकित्सक संघको अध्यक्षमा डा राजन पाण्डे

    • स्वास्थ्य पेज

  • ६ माघ २०७९, शुक्रबार

नेपालगन्ज: माओवादी निकट चिकित्सकहरुको संगठन अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे चयन हुनुभएको छ ।

आज नेपालगन्जमा भएको पहिलो भेलाबाट लुम्बिनी प्रदेश तदर्थ कमिटी गठन भएको हो । भेलाले डा. पाण्डेको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा डा. डिबी खत्री र डा. सुवास जिसी, महासचिवमा डा. देवेन्द्र आचार्य, सचिबमा डा. सुदर्शन थापा, सदस्यहरूमा डा. सकुन्तला कुमार गुप्ता, डा. अभिषेक यादव, डा. साजन थापा, डा. होमनाथ अधिकारी, डा. रवी वाग्ले र डा. मधुसूदन घिमिरे रहनु भएको छ ।

आवश्यकता अनुसार अन्य पदाधिकारी र सदस्य पछि थप गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष डा. पाण्डेले जानकारी दिनु भयो ।

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष डा. कृष्ण सागर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेला अखिल नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा. श्याम बिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वास्थ्यकर्मी मानव नेपालीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech