राप्ती प्रतिष्ठानमा ‘एमइसिटी’ सेवा थप

    • स्वास्थ्य पेज

  • २८ पुष २०७९, बिहीबार

नेपालगन्ज: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ। प्रतीष्ठानमा थपिएको यो सेवा पश्चिम नेपालमा पहिलो भएको कार्यालयका सुचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिनुभयो।

भट्टराईका अनुसार पहिले सिधै मानसीक रोगका बिरामिलाई करेन्ट लगाएर उपचार गरिदै आएको बिधिमा मोडिफाई गरेर मानसिक रोग विशेषज्ञ, एनेस्थेसीयोलोजीष्टको विशेष निगरानीमा बिरामीलाई दुखाई नै नहुने गरेर उपचार गरिने छ।

गम्भीर प्रकारका मानसिक विरामीलाई करेन्ट लगाएर गरिने उपचार पद्धतिलाई मोडिफाइ गरी बेहोश गराएर गर्ने भौतिक उपचारको पद्धति ‘एमइसिटी’ भएको र यसमा विरामीलाई दुख नहुने मनोचिकित्सा विभागका डा सञ्जीव पण्डितले जानकारी दिनु भयो ।

मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएको बताउँदै उहाँले बिरामीलाई पीडा नदिएर उपचार गरिने उहाँले बताउनुभयो।

‘इलेक्ट्रोकन्भल्सिप थेरापीमा न्यूरो केमिकल चेन्ज गर्न न्यूरो मोडुलेशन गरिन्छ। यो करेन्ट लगाएर गरिने उपचार पद्धति हो’– उहाँले भन्नुभयो– ‘मान्छेले फिल्ममा देखे जस्तो करेन्ट लगाएर भाब्रेसन दिएर यसमा उपचार हुँदैन। हामीले त मोडिफाइड इसीटी विधि प्रयोग गर्छौं।’ मुटुको इसीजी जस्तै दिमागको इइजी गर्दा आएको कम्पन मेसिनमा हेर्ने डा पण्डित बताउनु भयो ।

‘एमइसिटीमा विरामीलाई अपरेशन थ्रेटरमा लगेर बेहोश बनाएर मांशपेशी पनि नचल्ने बनाएपछि दिमागमा इइजी लिड लगाएर मेसिनबाट इइजी हेर्छौं’ पण्डितले भन्नुभयो– ‘लुम्बिनीमा भैरहवापछि। राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठान दाङमा यो सेवा छ।’

 

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech