जाडो मौसम छ, नाक बन्द भयो ? कसरी पाउने छुटकारा ?

    • डा. आनन्द झा

  • २० पुष २०७९, बुधबार

जाडो महिनामा चिसोले गर्दा रुघाखोकी प्रायः धेरैलाई हुने गर्छ । रुघा लागेको बेला नाक बन्द भयो भने जसलाई पनि सकस हुन्छ । सास लिन असहज हुने र सुत्दा झनै कष्टप्रद हुने भएकाले जोकोही यसबाट चाँडै मुक्ति चाहन्छन् । बाहिरको हावामा मोइस्चर कम हुने भएकोले नाक सुख्खा हुने, नाकको भित्रको हड्डी जसलाई टर्बिनेट भनिन्छ त्यो टर्बिनेट हड्डी सुनिने गर्छ । साथै रुघा लाग्यो भने सिगानको मात्रा बढ्ने गर्छ । बन्द भएको नाक खुलाउनका लागि डाक्टरी दवाईसँगै केही घरेलु विधि पनि अपनाउन सकिन्छ ।

नाक बन्द भयो भने कसरी खोल्ने ?
नाक खोल्नको धेरै जसो मानिसहरु भिक्स वा सन्चोहरुको प्रयोग गर्ने गर्छन् । भिक्स र सन्चोले टर्बिनेटको साइज घटाउने गर्छ । र, केही समयको लागि मात्रै नाक खोल्न सकिन्छ । त्यसले लामो समयसम्म काम भने गर्दैन । नाक खोल्नका लागि वाफ लिने र औषधीको प्रयोग गर्न सकिन्छ ।

वाफ लिने
नाक बन्द भयो भने पानीलाई उमालेर त्यसको वाफ पनि लिन सकिन्छ । यो तरिका एकदमै सजिलो र प्रभावकारी पनि हो । यसबाट सजिलै आराम पाउन सकिन्छ ।

अक्सिमेटाजोलिन ड्रप लिने
अक्सीमेटाजोलिन ड्रपको प्रयोग बढीमा ५ देखि ७ दिनसम्म प्रयोग गर्न मिल्छ । यो धेरै प्रयोग गरियो भने यसले असर गर्छ । यो एकदमै गाह्रो भयो भने मात्रै प्रयोग गर्नुपर्छ ।

नाकमा राख्ने सलाइन ड्रपको प्रयोग
चिसोले गर्दा नाक सुख्खा भयो भने सलाइन ड्रप पनि दिन मिल्छ । तर नाकमा फोहोर जमेको अवस्थामा मात्र । बच्चाको नाक सुख्खा भयो भने सलाइन ड्रप दिन मिल्छ । तर ठूलो उमेर समूहका लागि अक्सिमेटाजोलिन नै दिनु पर्छ ।

(नाक कान घाँटी रोग विशेषज्ञ डा. आनन्द झा नेपाल प्रहरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ)

 

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech