नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१२ सुर्खेतराडस्थित गुरुद्धारा छेउमा रहेको सुपर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
चिसोका कारण हुन सक्ने स्वास्थ्य जोखिम र त्यसबाट बच्ने उपायबारेको सचेतनासँगै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सुपर पोलिक्लिनिकले जनाएको छ । ६ दिनसम्म चल्ने शिविरमा विशेषगरी चिसोका कारण हुने रुघाखोकी, घाँटी दुख्ने, आवाज बस्ने, पिनास, मासु पलाउने, कान पाक्ने, नाकबाट रगत बग्ने, तथा नाक, कान र घाँटी सम्बन्धी विरामीहरुले लाभ उठाउन सक्ने छन् ।
कन्सल्टेन्ट ईएन्टि सर्जन डा. आनन्द कुमार झाद्धारा विरामीको चेकजाँच र उपचार गरिने पनि सुपर पोलिक्लिनिकले जनाएको छ । डा. झा नाक, कान र घाँटी उपचारका लागि यसक्षेत्रकै अब्बल चिकित्सक हुनुहुन्छ ।