नेपालगन्ज: बाँकेमा तीन महिनापछि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
जाजरकोटकि ३० वर्षीया महिलामा भाइरस संक्रमण देखिएको हो । नेपालगन्जको जमुनाह नाकामा एन्टिजेन परिक्षणका क्रममा ती महिलामा भाइरस संक्रमण पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
बाँकेमा गत असोज १ देखि कोभिड केश देखिएको थिएन । पछिल्लो केहिदिन देखि भारतमा कोरोना संक्रमण दर बढन थालेको छ । त्यहाँबाट फर्किने नागरिकमा भाइरस संक्रमणको जोखिम उच्च देखिने चिकित्सकहरु बताउँछन् ।