कोहलपुरका स्वास्थ्य र शैक्षिक संस्थाको अनुगमन

    • स्वास्थ्य पेज

  • ८ पुष २०७९, शुक्रबार

कोहलपुरः अपांग सशक्तिकरण एवम् सचार केन्द्र डेक नेपालले सबैका लागि समावेशी समुदाय विकास परियोजना अन्तर्गत कोहलपुर क्षेत्रमा गरिएका क्रियाकलापको आज अनुगमन गरिएको छ ।

सिविएम ग्लोबलको सहयोगमा डेक नेपालले कोहलपुर क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थाहरुलाई अपांगमैत्री बनाउन गरिएका कामहरुको अनुगमन गरिएको हो ।

कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्रकुमार शाहको नेतृत्वमा ज्ञानज्योति मावि वगिया, कृष्ण मावि कौशिलानगर र आधारभूत स्वास्थ्य केन्द्र कौशिलानगरको अनुगमन गरिएको डेक नेपालका कार्यक्रम प्रवन्धक जीवन गिरीले जानकारी दिनुभयो ।

डेकले ज्ञानज्योति माविमा अपांगता भएका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालयमा र्याम्प, टेक टायल तथा शौचालय निर्माण गरेको छ । दृष्टिविहीन बालबालिकालाई समेत दृष्टिगत गरेर बनाइएको संरचना उपयोगी देखिएको पाइएको कार्यबाहक नगर प्रमुख शाहले बताउनुभयो । करिव २४ लाखको लागतमा ति संरचना निर्माण गरिएको हो ।

यस्तै कृष्ण मावि र आधारभूत स्वास्थ्य केन्द्रमा पनि र्याम्प निर्माण गरिएको छ । कृष्ण माविमा करिव साढे एक लाख र स्वास्थ्य केन्द्रमा करिव २ लाखको लागतमा र्याम्प निर्माण गरिएको कार्यक्रम प्रबन्धक गिरीले बताउनुभयो । अनुगमन टोलीले वहु अपांगता भएका व्यक्ति सुभोत डंगोललाई पनि भेटेको थियो । सुभोतको सहजताका लागि उहाँको घरमै डेकले साढे एक लाखको लागतमा र्याम्प निर्माण गरिदिएको छ ।

अनुगमनपछि कार्यबाहक नगर प्रमुख शाहले अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरि बनाइएका संरचनाहरु उनीहरुको लागि उपयोगी र सहयोगी बनेको भन्दै खुसी व्यक्त गर्नुभयो । यस्तै कोहलपपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले अवका सबै संरचनाहरु अपांगमैत्री हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले पहुँचमैत्री संरचना निर्माणका लागि नगरपालिकाले पनि सबैलाई प्रेरित गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले बनेको संरचनाहरु गुणस्तरीय र दीर्घकालीन हुनु पर्ने सुझाव दिनुभयो ।

अनुगमनमा डेक नेपालका अध्यक्ष इन्द्रबहादर थकाली, कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी, शिक्षा शाखाका प्राविधिक सहायक बलबहादुर नेपाली लगायतको सहभागिता रहेको थियो ।

  • ८ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech