माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

    • स्वास्थ्य पेज

  • ६ पुष २०७९, बुधबार

नेपालगन्ज: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुग्नु भएको हो ।

रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुग्नु भएको हो ।

उहाँहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका नेताहरु निकट स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दावी पेश गर्न १० पुससम्मको समय दिनु भएको छ । चर सत्तारुढ दलभित्र शक्ति बाँडफाँटमा सहमति हुन सकेको छैन ।

नेताहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित प्रमुख पदलहरुमा प्याकेजमै सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

  • ६ पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech