नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बन्द रहेको डायलसिस सेवा पुनः सुरु भएको छ ।
साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्युवरण गरिरहेका थिए । अस्पतालमा डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको थियो ।
मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलाइसिस सेवा चलाउँदै आएको थियो ।
पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको थियो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले विरामीलाई ध्यानमा राखेर अहिले अस्पताल आफैले डायलाइसिस सेवा सुरु गरेको जानकारी दिनुभयो ।
‘केही मेसिनहरु विग्रीएका रहेछन उहाँले भन्नुभयो–‘प्रादेशिक अस्पताल दाङबाट तीन वटा मेसिन झिकाएर अहिले डायलाइसिस सेवा नियमित गरेका छौं ।’
अस्पताल आफैले डायलाइसिस सेवा संचालन गर्ने निधो अनुसार आजदेखि ६ वटा मेसिनबाट एक साथ डायलाइसिस सेवा सुरु भएको कर्मचारी संगठनका निवर्तनमा सभापित कुश्माखर बस्यालले जानकारी दिनुभयो । डायलाइसिस सेवा सुरु भएपछि विरामीहरुलाई ठूलो राहात मिलेको छ ।