लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

    • स्वास्थ्य पेज

  • २६ मंसिर २०७९, सोमबार

नेपालगन्जः बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसंगको बैठकपछि लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।

अस्पताल क्षेत्रमा जथाभावी पार्किङ हुँदा एम्बुलेन्स लगायत उपचारका लागि अन्य सवारी साधनमा आएका विरामीहरुलाई असहज भएपछि यस्तो निर्णय भएको हो ।

बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech