५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्धतीबाट आमा बन्न सफल

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७९, मंगलवार

नेपालगन्ज: ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्धतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वास्थ्य सन्तानलाई जन्म दिन सफल हुनु भएको हो ।

शल्यक्रियामार्फत शनिबार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रूपमा आइभिएफमार्फत ती महिलालाई आमा बनाउन सफल भएको नर्भिक आइभिएफ सेन्टरकी वरिष्ठ टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो ।

३० वर्षीय छोराको आकस्मिक निधन भएपछि रजक परिवार विक्षिप्त बनेको थियो ।  २७ वर्षपछि छोराको रूपमा अर्काे सन्तान आउँदा खुसीको सीमा नरहेको बिमलाले बताउनु भयो ।

नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिनु भयो ।

श्रीमतीको उमेर ५५ वर्ष र श्रीमानको उमेर ६८ वर्षको छ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech