नेपालगन्जः सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले ६ हजारभन्दा बढी मतले अग्रता लिनुभएको छ।
सुरुवाती चरणदेखि नै जसपा अध्यक्ष उपेन्द्र यादवसँग मतान्तर बढाउँदै लिएका राउतले ६ हजार भन्दा बढी मतले अग्रता लिनुभएको हो ।
पछिल्लो मतपरिणाम अनुसार राउतले १२ हजार २२५ मत प्राप्त गर्नुभएको छ ।
पूर्व स्वास्थ्यमन्त्री यादवले भने ६ हजार २० मत ल्याउनुएको छ । यस्तै उक्त क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ३४४ मत पाउनुभएको छ ।