डा तोसिमा कार्कीको मतान्तर बढ्दै

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७९, मंगलवार

नेपालगन्जः ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले आफ्नो अग्रता कायम राख्नुभएको छ ।

डा तोसिमा कार्कीले ४ हजार ६५१ मत प्राप्त गर्नुभएको छ । तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहनु भएको छ । खड्काभन्दा डा कार्की ९१५ मतले अगाडि हुनुहुन्छ ।

एमालेका खड्काले ३ हजार ७३६ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाले भने तेस्रोमा हुनुहुन्छ । उहाँले २ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech