मुख्य निर्वाचन अधिकृतलाई स्वास्थ्य समस्या भएपछि कैलालीको मतगणनामा ढिलाइ

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७९, सोमबार

नेपालगन्जः कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणनामा ढिलाइ हुने भएको छ ।

कैलाली क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक चलिरहेका बेला दलहरूबीच विवाद भएपछि मुख्य निर्वाचन अधिकृत अर्यालको स्वास्थ्यमा समस्या भएको हो ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी भए पनि मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याले ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार चिकित्सकको सल्लाहमा अहिले अर्याल आराम गरिरहनुभएको छ ।

कैलाली ५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

 

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech