बाँकेका ३७ र बर्दियाका ६ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १९ भाद्र २०७७, शुक्रबार

नेपालगन्ज १९,भदौ

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४३ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४२१ नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । थप भएका संक्रमित मध्य बाँकेका ३७ जना र बर्दियाका छ जना रहेका छन् ।

भेरी अस्पताल प्रयोगशालामा हालसम्म ३६३०८ नमुना प्राप्त भएकोमा  ३६२०८ नमुना परीक्षण सम्पन्न भईसकेको छ । त्यसमध्य १६९८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

  • १९ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech