भारतीय कम्पनीको ह्याण्ड स्यानिटाइजर नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७९, बुधबार

काठमाडौं: औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

ग्लोबल हेल्थकेयर नामको कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको ब्याच नम्बर CARE-11-22 को सेनिटाइजरलाई बिक्रीवितरणमा रोक लगाएको हो।

उक्त सेनिटाइजरको नमुना प्रयोगशालामा परीक्षण गर्दा विषाक्त पाइएको विभागले जानकारी दिएको छ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech