बाँके क्षेत्र नं.१ मा गठबन्धनको प्रतिबद्धता पत्रः यस्ता छन् स्वास्थ्यका पाँच बिषय

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७९, शुक्रबार

नेपालगन्जः आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ मा पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनले आफ्नो प्रतिवद्दता पत्र सार्बजनिक गरेको छ । क्षेत्र नम्बर १ को कोहलपुरमा शुक्रबार बेलुका पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरिएको हो ।

बाम लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता पत्रमा स्वास्थ्यका पाँच वटा विषय समेटिएको छ । निर्वाचन क्षेत्रमा रहेका नगरपालिका, गाउँपालिकाका सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र र पालिका स्तरमा १५ शैयाको अस्पताल सहितको स्वास्थ्य केन्द्र स्थापना गरिने उल्लेख छ । त्यस्तै स्वास्थ्य बीमालाई व्यवस्थित गरी अनिवार्य गरिने, कोहलपुर मेडिकल कलेजबाट स्वास्थ्य बीमाको उपचार सुरु गरिने, कोहलपुर मेडिकल कलेजसँग समन्वय गरी स्वास्थ्य सेवालाई सहुलियत र प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

निर्वाचन क्षेत्रभित्र रहेका पालिकाहरुमा आवश्यकता अनुसार सर्पदंश उपचार सेवा, रेविज खोप सेवा, शव पोष्टमार्टम सेवासँगै रिफरल सेवा संचालन गर्न पहल गरिने पनि बाम लोकतान्त्रिक गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका जनताको स्वास्थ्यमा सहज पहुँच निर्माण गर्न एम्वुलेन्स सेवा कार्यक्रम संचालन गर्न र एकीकृत सेवा केन्द्र शिविर संचालन गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिवद्दता पत्रलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वरजंग गहतराज, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, प्रदेश सभा २ का उम्मेदवार फुलाराम थारु र क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपानेले संयुक्त रूपमा सार्बजनिक गर्नु भएको हो । सो क्रममा निर्वाचन परिचालन समितिका सहसंयोजक एवम काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो ।

  • २५ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech