नेपालगन्जः लामो समयदेखि बिरामी रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गइरहेको छ ।
स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्र डिस्चार्ज भएकी माओवादीकी केन्द्रीय सल्लाहकार सीतालाई पुनस्स्वास्थ्य समस्या देखिएपछि गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। पारिवारिक स्रोतका अनुसार उहाँको शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखेर उपचार गराइएको छ । सीताको शरीरले बेला बेला श्वासप्रश्वास गर्न नसक्ने भएपछि अक्सिजन दिइएको हो ।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर हुनु भएको छ ।