सातौं र आठौं तहका रिक्त विवरण तीन दिनभित्र पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७९, बिहीबार

नेपालगन्ज: स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०७९/८० मा रिक्त पदहरुको पदपूर्ति गर्ने प्रयोगनका लागि विवरण माग गरेको जनाएको हो।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग देखि प्रतिष्ठान तथा अस्पतालहरु तालीम केन्द्र गरी आफू मातहतका २६ वटा निकायलाई पत्र पठाएको छ। उसले सूचनामा विवरण पठाउने भन्दै नमूना समेत उल्लेख गरेको छ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech