नेपालगन्ज: नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ हुनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उहाँ बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ ।
उहाँका स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालालाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको छ।
‘उहाँ चुनावी कार्यक्रममा सहभागी हुँदा बेहोस हुनुभएको हो। मेडिकल कलेजमा उपचार भइरहेको छ, उहाँको अवस्था सामान्य छ,’ उहाँले भन्नु भयो । कोइरालाको होस फर्किसकेको छ।