डेंगु संक्रमित पत्रकार रानाको निधन

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७९, बुधबार

नेपालगन्ज: बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।

दुई सातअघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो ।

स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गर्नु भएको थियो ।

स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाउनु भएको थियो । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा हुनुहुन्छ ।

घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ।

  • ९ कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech