स्तन क्यान्सरको जोखिम, लक्षण र उपचार

क्यान्सरको जोखिमबाट जोगिनका लागि आफ्नो जीवनशैली र खानपानमा पनि सुधार ल्याउनु पर्छ ।


    • मेलिना श्रेष्ठ

  • ३ कार्तिक २०७९, बिहीबार

अक्टोवर महिना राष्ट्रिय स्तन क्यान्सर जागरुकता (Breast cancer awareness) महिनाको रुपमा मनाइन्छ । अधिकांश महिलाहरु स्तन क्यान्सरको असमान्य लक्षणहरुको बारेमा अनजान रहेकाले अक्टोवर महिनालाई स्तन क्यान्सर सम्बन्धि जागरुकता बढाउन मनाउने गरिन्छ ।

स्तन क्यान्सर जागरुकता भनेको नियमित स्क्रिनिङको बारेमा सोच्ने समय हो जसले स्तन क्यान्सर चाँडै पत्ता लगाउन मद्दत गर्न सक्छ ।विशेष गरी कुनै पनि लक्षण नदेखिएका महिलाहरुका लागि । जब यस प्रकारको क्यान्सर प्रारम्भिक अवस्थामा भेटिन्छन्, विरामीसँग उपचारको लागि थप विकल्पहरु हुन्छन् र उपचार सफल हुने राम्रो मौका हुन्छ ।

स्तनमा रहेका सामान्य कोषहरुले आफ्नो चरित्रमा परिवर्तन गरेर अनियन्त्रित रुपले बृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । यदि विश्वमा हेर्ने हो भने क्यान्सरबाट हुने मृत्युको मुख्य कारक मध्ये दोस्रो स्तन क्यान्सर रहेको छ । पहिलो फोक्सोको क्यान्सर हो । तथ्यांकका अनुसार हरेक वर्ष झण्डै १० लाख महिलाहरु स्तन क्यान्सरबाट पीडित भएको पाइएको छ । स्तन क्यान्सरको मुख्य सिकार महिला भए पनि पुरुषमा पनि यो रोग लाग्न सक्छ ।

स्तन क्यान्सरको मुख्य लक्षणहरु:
-संक्रमित स्तनमा वा काखिको ठिक मुनि मासुको बाक्लो टुक्रा (लम्प) बन्नु,
-संक्रमित स्तनमा निरन्तर दुखाई हुनु, हल्का देखि गम्भिर सम्म,
-संक्रमित स्तनको निप्पलबाट रगतवापिपबग्नु,
-स्तनको आकारमा परिवर्तन आउनु,
-स्तनको छालामा खाडल र रातोपन विकास हुनु,
– निप्पलको छाला पिलिङ्ग हुनु,

स्तनमा देखिने अधिकांश गाँठाहरु क्यान्सर नहुनपनि सक्छन् जसलाई हामीले Benign भन्छौं । यद्यपी यस्ता गाँठाहरु देखिएको छ भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ, किनकी सफल स्तन क्यान्सरको उपचारको सम्भावना प्रारम्भिक पहिचानको साथ बढ्छ ।

स्तन क्यान्सरका जोखिमहरु:
-उमेर बढ्दै जाँदायसको जोखिम बढ्छ । यो ५५ वर्ष भन्दा माथिका महिलाहरुमा बढि आक्रामक हुन्छ ।
– मदिरा सेवन ।
-स्तन क्यान्सरको जोखिम महिलाहरुमा बढी हुने गर्दछ ।
-प्रारम्भिक महिनावारी १२ वर्ष नपुग्दै हुनु ।
-वंशाणुगत ।
-पहिले स्तन क्यान्सर भइसकेको छ भने अर्को स्तनमा यसको विकासको सम्भावना बढ्नेछ ।-आनुवांशिक: BRCA1 र BRCA2 जिनका बिच mutation भएको क्रोमोजोम आनुवांशिक रुपमा सरेर आएको छ भने ।
-बच्चान हुनु अथवा बच्चालाई राम्रो सँग आफ्नो दुध चुसाइ राख्न भने पनि स्तन क्यान्सरको खतरा हुन्छ ।

रोगको निदान:
स्तन क्यान्सर हो कि होइन भनेर छुट्याउने पहिलो जाँच भनेको स्वयमद्वारा गरिने नियमित स्तन परिक्षण हो । यसका साथै वार्षिक रुपमा Mammography गर्न सकिन्छ । यीजाँचले स्तनक्यान्सर पुष्टि गरे भने सुनिश्चित हुनका लागि थप जाँचहरु गर्न सकिन्छ ।

उपचार
स्तन क्यान्सरको उपचार क्यान्सरको स्थिति र उमेरका आधारमागरिन्छ । जस मध्ये शल्यक्रिया, केमेथेरापी, विकिरणको प्रयोग र हर्मोन उपचार रहेको छ । स्तन क्यान्सरको उपचार पछि निरन्तर डाक्टरको सम्पर्कमा रहनु पर्छ ।

रोकथाम
कुनैपनि महिलालाई स्तन क्यान्सर हुने जोखिम रहेको अवस्था छ भने डाक्टरको सल्लाह लिएर क्यान्सर हुन नदिने खालका उपचारहरु अवलम्वन गरिरहनु पर्छ । क्यान्सरको जोखिमबाट जोगिनका लागि आफ्नो जीवनशैली र खानपानमा पनि सुधार ल्याउनु पर्छ ।

 

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech