थप १८ हजार १०० जनालाई कोरोना बिमा वापतको रकम भुक्तानी गर्दै बिमा समिति

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७९, बिहीबार

नेपालगन्ज: बिमा समितिले कोरोना बिमाको बाँकी दाबी भुक्तानीको केही रकम दिने प्रक्रिया अगाडि बढाएको छ।

कोरोना बिमा दाबी भुक्तानीको लागि अर्थ मन्त्रालयले १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी थाल्ने तयारी गरेको बिमा समिति श्रोतले बतायो।

अर्थ मन्त्रालयले पठाएको १ अर्ब र थप ८१ करोड रुपैयाँ गरी १ एक अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी थालेको बिमा समितिका एक अधिकारीले जानकारी दिए।

दाबी भुक्तानी बाँकी रहेको रकममध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बिमा कम्पनी, नेपाल पुनर्बिमा र बिमा समितिले भुक्तानी गर्ने मोडालिटी बनेको छ।

त्यसअनुसार सरकारले पठाएको १ अर्ब रुपैयाँको ४५ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ भुक्तानीको लागि थपेर रकम वितरणको तयारी थालिएको हो।

भुक्तानी गर्न लागिएको १ अर्ब ८१ करोड रुपैयाँ १ लाख दरका बिमितलाई भुक्तानी गर्दा १८ हजार १०० जना बिमितले मात्रै पाउने देखिन्छ।

बिमा समितिको पछिल्लो तथ्यांकअनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बिमाबापत दाबी परेको छ। त्यसमध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

कूल दाबी रमकमध्ये ७६.५९ प्रतिशत अर्थात् ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ।

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech