तनावले कम उमेरमै फुल्छ कपाल

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७९, बुधबार

तनावका कारण पनि कपाल छिटो सेतो हुने वा फुल्ने अध्ययनले देखाएको छ । अमेरिकी वैज्ञानिकहरूले गरेका अनुसन्धानअनुसार कपाल फुल्नुका विभिन्न कारणमध्ये एक तनाव पनि रहेको पहिलो पटक प्रमाणित भएको हो । कोलम्बिया युनिभर्सिटी इरिविङ मेडिकल सेन्टरका वैज्ञानिकले तनाव लिन छाडेमा सेतो फुलिसकेको कपाल फेरि पनि कालो हुनसक्ने दाबी गरेका छन् ।

तनाव लिएका कारण शरीरमा रहेको माइटोकन्ड्रिया (कोषको पावर हाउस)मा परिवर्तन आउँछ । जसकारण कपालसँग सम्बन्धित सयौँ प्रोटिनमा पनि परिवर्तन हुन सुरू हुन्छ, जसको नतिजास्वरूप कपाल सेतो हुने अध्ययनले देखाएको छ । अन्वेषक पिकार्डले कपालको रङ परिवर्तन हुँदा प्राय तीन हजार प्रकारको प्रोटिन पनि परिवर्तन हुने बताएका छन् ।

युवा उमेरको समयमा शरीरको कोशिकाले कपाललाई कालो राख्ने विशेष प्रकारको मिलेनोसाइट्स नामक पिगमेन्टको उत्पादन गर्छ । तर मानिसको उमेर बढ्दै जाँदा मिलेनोसाइट्सको मात्रा घटेर बिस्तारै कपालको रङ सेतो हुन थाल्छ । तनाव र कपालबीचको सम्बन्ध बुझ्नका लागि १४ जना व्यक्ति ९औसत ३५ वर्ष उमेरका महिला तथा पुरुष० को कपालको नमूना लिइएको थियो ।

अनुसन्धानका क्रममा विभिन्न परीक्षण गरेर कपालमा रङ दिने पिग्मेन्टको मात्रा कति घटेको छ भनेर पत्ता लगाउने प्रयास गरिएको थियो । मानिसले लिएको तनावको आधारमा तनाव र सेतो हुन थालेको कपालबीचमा सम्बन्ध भेटिएको थियो । टाउकोमा पाँचवटा सेतो कपाल भएका व्यक्ति बिदामा गए र केही दिनपछि फर्कदा कपाल कालो भएको पाइएको थियो । तनाव कम भएपछि कपाल कालो हुन थालेको वैज्ञानिकहरू बताउँछन् ।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech