स्वास्थ्यमा ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त

    • स्वास्थ्य पेज

  • १ कार्तिक २०७९, मंगलवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकैपटक ३९ जना अधिकृत स्तरका कर्मचारी नियुक्त भएका छन्। लोक सेवा आयोगबाट सिफारिस भएर आएका ३९ अधिकृतलाई मन्त्रालयले नियुक्त गरेको हो।

मन्त्रालयका अनुसार नियुक्त हुनेहरुमा मेडिकल अफिसर, बायोमेडिकल इन्जिनियर र डेन्टल सर्जन छन्। सर्वोच्च अदालतमा मुद्द परेका कारण उनीहरुको परीक्षा र सिफारिस ढिला हुन पुगेको थियो।

नयाँ नियुक्त पाएका उनीहरुलाई मन्त्रालयले माताहतका रिक्त रहेका स्थानमा पदस्थापन गर्ने भएको छ।

  • १ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech