सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारियो

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०७९, बिहीबार

नेपालगन्जः बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ ।

स्वास्थ्यमा सुधार आएपछि हिजो उहाँलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको थियो । तर फेरि समस्या देखिएपछि उहाँलाई बिहानदेखि आईसीयूमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ। अस्पतालकाअनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको हो ।

अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जोशीलाई निमोनिया सङ्क्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि दिइएको एन्टिबायोटिक्स् दिइरहनु पर्ने देखिएको बताउनु भएको छ । जोशीको विगत २० दिनदेखि उपचार भइरहेको छ।

  • २७ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech