दुर्गापुजाको भण्डारा खाएपछि गाउँभर झाडापखालाको प्रकोप, ७५ जना बिरामी, ४ गम्भीर

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०७९, बिहीबार

नेपालगन्जः दुर्गा पुजा समापनकाको भोज खाएका ७५ जना बिरामी परेका छन् । यो पश्चिमनवलपरासीको रामग्राम नगरपालिका वडा नं १८ पम्फापुरको खवर हो ।

उनीहरुमा झाडापखाला र भाइरल ज्वरोको प्रकोप फैलिएपछि नगरपालिकाले फिल्डमै स्वास्थ्य उपचारको टोली राखेर उपचार गरेको छ ।

गाउँ नै प्रकोपबाट प्रभावित भएपछि नगर प्रमुख धनपत यादव उपप्रमुख सम्झना चौधरीको स्वास्थ्य टोली लिएर बुधबार नै पुगेका थिए ।

सो गाउँमा रहेका १२५ जनालाई तत्काल उपचार गरिएको र उनीहरुमध्ये गम्भीर बिरामी ४ जनालाई थप उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याइएको उपप्रमुख चौधरीले नेपाल प्रेसलाई बताउनुभयो ।

रामलखन भर, विन्द्रावती मल्लाह र वन्वन्ती हरिजनको अवस्था गम्भीर रहेकाले नगरपालिकाले एम्बुलेन्समार्फत थप उपचारका लागि परासी ल्याएको चौधरीले बताउनुभयो ।

बालबालिकादेखि वृद्धवृद्धासम्म गाँउका सबै विरामी भएपछि नगरपालिकाले तत्काल निर्णय गरेर उक्त स्थानमा स्वास्थ्य शिविर संञ्चालन गरेको उहाँको भनाइ छ ।

शिविर राखिएपछि अहिले त्यहाँको अवस्था सामान्य भएको र गम्भीर बिरामीको परासीमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

ण्

  • २७ आश्विन २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech